दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा खानेपानीको चरम अभाव हुने गरेको छ । गाउँपालिकाको वडा नं. २ मा वर्षेनी खानेपानीको अभाव हुने गरेको सरोकारवाहरुले जानकारी दिएका छन् ।
वडा नं. २ को कुणीमा वर्षेनी खानेपानीको अभाव हुने गरेको वडा सदस्य पदमराज जोशीले जानकारी दिए । ‘निङले पातलको ट्याङ्कीको पानीले सबैलाई पुग्दैन’ वडा सदस्य जोशीले भने, ‘बस्ति ठूलो छ पानीको महानको कमि छ, मौताबाट आउने पानी पनि दैनिक जसो नआउने र समयमा नआउने भएकाले यो समस्या भएको हो ।’ खानेपानीको अभाव हुँदा सार्वजनिक स्थानहरुमा झनै समस्या हुने गरेको उनको भनाई छ । विद्यालयहरु, स्वास्थ्य संस्थाहरुमा खानेपानी नहुँदा समस्या भएको छ ।