‘२ दिन विदा दिएर देश विकास हुने भए हप्ताको सातै दिन विदा दिए भैहाल्यो नि’ : नेता ठगुन्ना

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्व मन्त्रि गणेश सिंह ठगुन्नाले सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गर्नु उपयुक्त नभएको बताएका छन् । नेता ठगुन्नाले भनेका छन् ‘हप्ताको २ दिन विदा दिने निर्णय कुन मानसिकता भएको व्यक्तिको दिमागबाट उब्जेको होला आश्चर्य लाग्यो ।’ नेता ठगुन्नाले विदा दिएर देश विकास हुने भए हप्ताको सातै दिन विदा दिए भैहाल्यो नि भन्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारको उक्त निर्णय उचित नभएको भन्दै आक्रेश पोखेका हुन् । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले साताको दुई दिन शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेर जेठबाट लागू हुने व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्