काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका गोठाटार हाइटमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले नयाँ बर्षको अवसर पारी शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक बर्ष नयाँ बर्षको पूर्वसन्ध्यामा चैत्र महिनाको अन्तिम दिन चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ । सोहि अनुरुप यस बर्षको अन्तिम दिन तथा २०७९ सालको पूर्वसन्ध्यामा विद्यालयमा चियापान कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।
बिद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यार्थीहरुका अभिभावकहरुलाई निमन्त्रणा गरि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममको आयोजना गरिएको र सोहि अनुरुप विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले बताउनुभयो । साथै उहाँले देशविदेशमा रहनुभएको सम्पूर्ण देशबासी दाजुभाई दिदीबहिनी लगायत सम्पूर्ण शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरु नयाँ बर्ष २०७९ सालको शुभकामना व्यक्त गर्नुभयो ।
यसैगरी नयाँ बर्षको अवसर पारी सिमित सिटका लागि भर्ना समेत खुला गरिएको छ । शान्त शैक्षिक वातावरणमा अध्ययन अध्यापन हुने, सुविधा सम्पन्न कक्षाकोठा, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, खेलमैदान लगायतको सुविधा भएको यस अर्किड स्कुलमा दक्ष शिक्षक शिक्षिकाहरुबाट अध्यापन हुदैँ आइरहेको छ ।
साथै आज २०७६ देखि हालसम्म एसईईमा उच्च अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको विद्यालयका संयोजक नरेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।