दार्चुला – नेपाली कांग्रेस दार्चुलाले न्यायालयको धज्जी उडाएको छ । न्यायपालिका जस्तो निष्पक्ष र स्वतन्त्र संस्थालाई पार्टीले हस्तक्षेप गरेको एक विज्ञप्तीले प्रष्ट पारेको छ । कांग्रेस निकट रहेका अधिवक्तालाई न्यायाधीशमा सिफारिस गर्न माग गरेको छ । जुन पार्टी कार्यालयको छाप र सभापतिको हस्ताक्षर सहितको प्रेस विज्ञप्तिमार्फत सार्बजनिक गरिएको छ ।
विज्ञप्तिको निर्णय नं. ९ मा अधिबक्ता धिरेन्द्र साउदलाई न्यायाधीश बनाउन सरकारसँग आबश्यक पहल गरिने भनिएको छ । यो विज्ञप्ति सामाजिक सञ्जालमा सेयर भएपश्चात टिकाटिप्पणी सुरु भएका छन् । कतिपयले दार्चुलाकै दिलेन्द्रप्रसाद बडु कानुन न्याय तथा संसदीय मामिला मन्त्री भएकाले सिफारिसमा सहज हुने टिप्पणी गरेका छन् ।