कर्णाली प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी, सबैभन्दा बढी स्वास्थ्य तर्फ (विज्ञापन सहित)

काठमाडौँ – कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो । सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ ८५ जना, नायव प्राविधिक सहायकतर्फ १६ जना, पशुस्वास्थ्य प्राविधिक तर्फ ६९ जना सहायक महिला विकास निरीक्षक १३ जना, कम्प्युटर अपरेटर ४ जना, अनमी ७० जना, अहेब ४८ जना, वैद्य ४ जना र ल्याब असिस्टेन्ट १० जना मागेको छ।

खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ । योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । अप्राविधिकको प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुनेछ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्