सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

सर्लाही– सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन आइतबार हुने भएको सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको बेला विवाद बढेपछि गोली नै चलाइयो ।

आइतबार साँझ ६ बजेतिर अधिवेसनस्थलमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेपछि विवाद भएको थियो । विवादका क्रममा मन्त्री सिंहका निजी सुरक्षाकर्मी (अंगरक्षक) रामचन्द्र खंगले आफ्नो पेस्तोल पड्काएका हुन् ।
मन्त्री सिंह पक्षका अनुसार संघीय सांसद अमरेस सिंह पक्षीय कार्यकर्ताले निर्वाचन अधिकृतलाई नियन्त्रणमा लिई आफूखुशी माइन्यूट गर्न खोजेका थिए । यसो नगर्न आग्रह गरेपछि आफूहरुमाथि अमरेश पक्षीय कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमण गरेपछि अंगरक्षकले गोली चलाएको हो ।
अमरेश र वीरेन्द्र एउटै निर्वाचन क्षेत्रबाट र एउटै पार्टीबाट निर्वाचित भएपनि यी दुबैबीच शुरुदेखि नै द्वन्द्व रहँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्