बलात्कार आरोपमा कार्गो संघका अध्यक्ष पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स(कार्गो) एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीको जाहेरीका आधारमा अधिकारीलाई महानगरीय प्रहरी वृत्त मालीगाउँको टोलीले पक्राउ गरेको हो ।

आरोपित ४९ वर्षीय अधिकारीले रातोपुलमा लगेर किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीका अनुसार घटना कात्तिक ८ गतेको हो । घटनापछि पीडितका तर्फबाट अधिकारीविरुद्ध प्रहरीमा बलात्कार अभियोगमा किटानी जाहेरी परेको थियो ।

घटनाको ८ दिनपछि कात्तिक १६ गते अधिकारीलाई प्रहरीले ठमेलबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्