काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।