काठमाडौँ – पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं बाषिर्क साधारण सभा सम्पन्न गरेको छ ।
काठमाडौँ महानगरपालिका–३२ पुरानो सिनामङ्गलमा कार्यालय रहेको सहकारीले शनिबार साधारण सभा सम्पन्न गरेको हो ।
कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकार सहकारी विभागले जारी गरेको निर्देशन अनुसार संस्थाको १४ औँ वार्षिक साधारण सभा डिजिटल माध्यम जुमबाट गरिएको हो । संस्थाका सञ्चालक समितिका अध्यक्ष भोलानाथ पाठकको सभापतित्वमा भएको साधारणसभामा संस्थागत गतिविधिको जानकारी दिइएको थियो । लेखा सुपरिवेक्षण का संयोजक श्री सुशील प्रसाईले साधारण सभामा लेखक सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए ।
त्यस्तै यसवर्ष संस्थाका कोषाध्यक्ष श्री कुमार विमलीले १४ औँ वार्षिक साधारण सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ मा रु ६ करोड ५६ लाख ६५ हजार ६ सय ९३ रुपैयाँ शेयर पूँजी हुने अनुमान गरिएकोमा आर्थिक वर्ष २०७८/७९मा रु ३४लाख ९४ हजार ६ सय शेयर रकम वृद्धि भई रु ६ करोड ६७ लाख ३३ हजार हुन गएको छ । उक्त पुजी अनुमान रु १० लाख ६७ हजार ३ सय ८ रुपैयाँले बढिरहेकोले यस चालु आर्थिक वर्षमा गत आर्थिक बर्षको वृद्धि अनुपात र शेयरमा हुने थप अनुमान सहित आगामी आर्थिक वर्ष२०७८/८९ संस्थाको शेयर पूँजी रु ७ करोड ६० लाख ६५ हजार हुने अनुमान गरिएको छ ।
संस्थाका अध्यक्ष पाठकले संस्थाको उन्नति र स्थायीत्व हाम्रो साझा लक्ष्य हो भन्दै बिगतका बर्षहरु जस्तै आगामी दिनमा पनि सदस्यहरुबाट यस्तै माया सद्भाव र सहयोग प्राप्त भइरहन्छ भन्ने विश्वास लिएको बताए । संस्थाका नियमित बचतकर्ता ऋण लिई समयमा ब्याज तथा किस्ता रकम भुक्तानी गर्ने सदस्यहरु साथै अहो रात्र खट्ने कर्मचारी मित्रहरू संस्थाका समिति उप–समितिका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । उक्त कार्यक्रममा संस्थाका जेष्ठ नागरिकहरूको कदर गर्दै ७५ वर्षका सदस्यहरुलाई चाडबाड खर्च र ढाकाटोपीले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएरसबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा विशेष अतिथि कास्कुनका दिपक कडेलले सहकारीले समाजमा उल्लेख्य कामगरेको छ भन्दै प्रशंसा र सुझाव पनि दिइएका थिए । संस्थाका उपाध्यक्ष बिजया मल्लले सहकारी संस्था दिगो हुनको लागि यसको नियमित वृद्धि र विकास आवश्यक हुने बताए ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, विशेष अतिथि कास्कुनका दिपक कडेल लगायत संस्थाका विभिन्न समिति उपसमितिहरु सल्लाकार समितिहरु पत्रकारहरु संस्थाका कर्मचारीहरुको उपस्थिति थियो ।