बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

FILE PHOTO

काठमाडौँ – सत्तारूढ गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना बित्न लाग्दा पनि गठबन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन ।

यसअघि सरकारले गत शुक्रबार संसदमा अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन विधेयक ल्याएको थियो । उक्त विधेयक अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा पेस गरिसकेका छन् ।

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्