चट्याङ लागेर ७ जना बेहोस, आधा दर्जन बढी पशु चौपाया मरे, एक दर्जन बढी घरमा क्षति

ओखलढुंगा – ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन ।

चट्याङ्गलागेर स्थानीय विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था भने गम्भीर रहेका छ । गम्भीर अबस्थामा रहेका तीनैजनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल सोबरु पुर्याईएको छ । चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको वडा नं. १० का वडा अध्यक्ष दामोदर धमलाले जानकारी दिए । चट्याङले लागेर बेहोस भएका मध्ये चार जनाको पछिल्लो अबस्था सामान्य रहेको र तीन जनाको अबस्था भने गम्भिर रहेको उनको भनाई छ ।

चट्याङले लागेर स्थानीयका एक दर्जन बढि घरमा क्षति पुगेकोे छ । आधा दर्जन बढी दुहुना भैसी, गाई तथा अन्य पशु चौपाया मरेको वडा अध्यक्ष धमलाले बताए । घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयवाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको क्षतिको विस्तृत विवरण भने आउन बाकी रहेको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्