काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आकांक्षीहरूबाटै सभापतिको उम्मेदवार छान्ने तयारी गरेको छ ।
वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालामध्ये एक जना सभापति उम्मेदवार हुने गरी छलफललाई तीव्रता दिइएको छ ।
वडा अधिवेशनअगाडि नै सकेसम्म सभापतिसहित प्यानल नै घोषणा गर्ने तयारीसाथ पौडेल पक्षले छलफल गरेको हो। मंगलबार बोहराटारमा पनि यस विषयमा कुराकानी भएको थियो ।
बुधबार दिउँसो फेरि पौडेल पक्षको बैठक यही विषयमा छलफल गर्न बस्दैछ । १४ औं महाधिवेशनका लागि आफ्नो पक्षबाट सकेसम्म एक जना मात्रै उम्मेदवार छान्ने पौडेलको तयारी छ ।
सभापतिका अर्का उम्मेदवार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई हराउन सक्ने उम्मेदवार दिनुपर्ने माग पौडेल समूहभित्र छ । चर्चामा रहेका चार जनाले अहिलेसम्म एकले अर्कालाई छाड्ने कुरा गरेका छैनन्, बरू आफू नै संगठनमा बलियो रहेको दाबी गरिरहेका छन् ।