आन्तरिक हवाई भाडामा मनपरी, दोब्बर तिर्न यात्रु बाध्य

काठमाडाैँ – आन्तरिक रुटमा चल्ने विमानको भाडामा मनपरी भएको छ । बर्षातको समय तथा लगातारको अविरल बर्षाका कारण विभिन्न ठाउँमा सडक मार्ग अवरुद्ध भएका कारण सडकमार्गबाट जान अप्ठेरो भएका बेला हवाई भाडा आकासिएको छ । संघीय राजधानी काठमाडौँबाट बाहिर जान मुख्य बाटो नै अवरुद्ध भएपछि यात्रुहरुले हवाईमार्ग रोज्नुपर्ने बाध्यता आइपरेको छ । तर हवाई भाडा भन्ने उच्च भएका कारण यात्रु मंहगो भाडा तिरेर भएपनि गन्तव्यमा पुग्नुपर्ने बाध्यता आइपरेको छ ।

त्रिभुवन विमानस्थलमा एक जना यात्रुसँग गरिएको कुराकानीमा उनले भने “दुईचार दिन अघि मात्र दाईले धनगढी यात्रा ४४०० मा गरेको र आज मैले पनि धनगढी जानुपर्ने काम परेको र टिकट मूल्य सबैभन्दा सस्तोमा ९१३० नेपाली रुपैयाँ देखाएको र बाध्य भएर उक्त टिकट खरिद गरेर धनगढी गई रहेको बताए ।”
यसैगरी अर्का नेपालगञ्ज जाने यात्रुले पनि सोहि गुनासे गरे । उनले भने “नसोचेको भाडा भयो । आवतजावत गर्ने टिकट नै एकतर्फी रुपमा तिर्नुपरेको छ । नेपालगञ्ज जान मात्रै ८ हजार बढी तिर्नुपरेको छ ।”
मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू बढी भाडा तिरेर जान बाध्य भएका छन् । टिकट महँगो हुँदा विशेषगरी उपचार र अत्यावश्यक काममा जाने बढी समस्या परेको छ । सडकमार्ग अवरुद्ध भएका कारण पनि आन्तरिक यात्रुहरुको एयरपोर्टमा बाक्लै उपस्थिति रहेको छ । सडकमार्ग अवरुद्ध भएकै कारण हवाइ कम्पनीहरुले भाडा बढाएको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्