काठमाडौं – गण्डकी प्रदेशकमा अर्वपति मन्त्रीदेखि ऋण समेत बोकेको मन्त्री देखिएका छन् । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिकमा देखिए अनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।