काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९ सय १ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २ हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै ३५ जनाको मृत्यु भएको छ ।