काठमाडौँ – दार्चुलाबाट कामको सिलसिलामा काठमाडौँको विभिन्न ठाउँमा बसोबास गरेका मिश्रहरुबीच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार काठमाडौँको किर्तिपुरमा मिश्रहरुबीच भेटघाट तथा छलफल भएको हो । छलफलका क्रममा दार्चुलाबाट निकै टाढा रहेको संघीय राजधानी काठमाडौँमा आएर पढाई तथा जागिर गरिरहेका मिश्रहरुले सबै कुरामा साझा धारणा बनाएर अगाडी बढ्ने निर्णय भएको मिश्र समाज दार्चुलाका अध्यक्ष विष्णुदत्त मिश्रले जानकारी दिए । छलफलमा सहभागिहरुले आगामी दिनमा एउटा संस्था दर्ता गरेर संस्थागत रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।
आगामी भेलामा संस्थाको नामको अन्तिम टुङगो लगाउने, मिश्रहरुको वंशावली पत्ता लगाउने र अग्रजहरुबाट सल्लाह लिने निर्णय गरिएको थियो । छलफलमा शिक्षक, व्यापारी, इन्जिनियरिङ तथा संचार क्षेत्रमा आवद्ध मिश्रहरुको सहभागिता रहेको थियो ।
विगत ३ वर्ष देखि मिश्र समाज दार्चुलाका नामले दार्चुलाबाट काठमाडौँ आएका मिश्रहरुको भेला हुँदै आएको छ । कोरोना भाइरसको महामारीका कारण केही अवरोध भएपनि आगामी दिनमा छिट्टै मिश्र समाज दार्चुलाले संस्थागत रुपमा अगाडी बढ्नु पर्ने सहभागिहरुको जोड रेहेको थियो ।