काठमाडौँ – बिहीबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ९५० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदी अघिल्लो दिनको भाउ अर्थात प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।