यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

काठमाण्डौ – चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।आयरल्यान्डमा भएको यूईएफए सुपर कप खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो ।

कोभिड–१९ को महामारी पछि पहिलो पटक १३ हजार दर्शकको उपस्थितिमा प्रतियोगिता भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्