काठमाण्डौ – घरेलु टोली बङ्गलादेशसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा बङ्गलादेशलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विजयी भएको छ ।
पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । बङ्गलादेशका लागि मोहमद नाइमले २८, महेदी हसनले २३, अफिफ होसेनले २० तथा शकिव अल हसनले १५ रन जोडे । अस्ट्रेलियाका एन्ड्रयु टे र मिचेल स्विपसनले ३÷३ विकेट लिए ।
बङ्गलादेशले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका डान क्रिस्टियनले ३९, एस्टन अगरले २७ र मिचेल मार्शले ११ रन बनाए । बङ्गलादेशका महेदी हसन र मुस्ताफिजुर रहमानले २/२ विकेट लिए । पाँचौँ तथा अन्तिम खेल भोलि बेलुका हुनेछ ।