काठमाडौं– नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको बैठक आज पनि बस्दैछ ।
आज बस्ने बैठकमा सहमतीको खाका कार्यदलस्तरबाट टुङ्गो लगाउने तयारी गरिएको छ । हिजो दुई पटक बसेको बैठक विना निष्कर्ष स्थगित भएको थियो । अर्थ मन्त्रालयमा हिजो साँझ बसेको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल बैठकका सहभागी नभएपछि एजेण्डामा प्रवेश नै नगरि सकिएको हो । थप गृहकार्य गर्ने भन्दै आज बस्ने गरि बैठक स्थगित भएको कार्यदलका सदस्यहरुले बताउनुभयो ।
हिजोको बैठकले सहमतिको खाकामा कार्यदलस्तरबाट टुङ्गो लगाउने तयारी गरेको भएपनि गृहकार्य नपुगेको कार्यदल सदस्य घनश्याम भूसाल र सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । यसअघि हिजो दिउँसो पनि कार्यदलको पहिलो बैठक बसेको थियो ।