राजस्थानलाई पराजित गर्दै बेङ्ग्लोर आईपीएलको शीर्ष स्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत हिजो भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर विजयी भएको छ ।
राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्ग्लोरले १६ ओभर ३ बलको खेलमा विकेट नै नगुमाइ लक्ष्य भेट्टाएको हो । बेङ्ग्लोरको जितका लागि देवदत्त पडिकलले नट आउट १०१ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै विराट कोहलीले नट आउट ७२ रन जोडेका थिए ।
राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक विजयी भएको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्