पर्यटन विकासमा पनि हेलम्बु अग्रस्थानमा : सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मो सहितको टोलीले नयाँ चुचुराको आरोहण गर्दै

तस्विर : सोनम लामा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्वातारोहण पर्यटनको विकासमा जोड दिएको छ । पर्यटकीय हिसाबले हेलम्बु काठमाडौबाट नजिकको गन्तव्यको रूपमा रहेको छ । हेलम्बु गाउँपालिकाको केन्द्र किउल काठमाडौँबाट जम्मा ५५ किलोमिटरको दुरीमा रहेको छ । आर्थिक समृद्धिका लागि पर्यटन व्यवसायको आवश्यकतालाई महसुश गर्दै गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्यहरूको खोजि सुरू गरेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वधनका लागि हेलम्बु हाई सर्किट ट्रेकिङ रुटको बिकास गर्ने उदेश्य अनुरुप उक्त क्षेत्रमा रहेको ५ हजार देखि ६ हजार मिटर उचाई सम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरिसकेको जनाएको छ ।

यहि चैत्र १२ गते माउन्टेन गाईड सोनम लामाको नेतृत्वमा एउटा टोलीले हेलम्बुको एउटा नयाँ चुचुराको आरोण गर्ने कार्यक्रम तय भएको छ । सो टोलीमा सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मो, माउन्टेन गाईड राजिव गुरुङ लगायत ३ सदस्यीय टोलीले  १२ गते ५८ सय मिटर अग्लो आमापेंग्रेमा चुचुराको आरोहण गर्नेछन् । काठमाडौँबाट हेलम्बुको तार्केघ्याङ हुँदै नयाँ चुचुरो आमापेंग्रेमाको आरोहण गरेर ठाडेपाटी, घोप्टेघ्याङ हुँदै फर्किने सो टोलीले १४ दिनको ट्रेकिङ रुट तय गरिएको छ । यो रुटले हेलम्बुको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने विश्वास गरिएको माउन्टेन गाईड लामाले बताउनुभयो ।

यस अघि गत मंसिर १७  गते नेरिका एडभेन्चरर्स का आरोही सतिस मान पति को नेतृत्वमा पसाङ भोटे र जीतबहादुर तामाङ सहितको तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको ५ हजार ६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफतापुर्वक आरोहण सम्पन्न गरिसकेको छ ।

यसले हेलम्बु लगायत सिन्धुपाल्चोकको पर्यटन बिकासमा ठुलो योगदान पु¥याउने गाउँपालिकाको बिश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्