देउवा निवास पुगेर चिनियाँ र भारतीय राजदुतले गरे भेटवार्ता

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेका छन् ।

स्रोतका अनुसार बिहीबार अपरान्ह फरक–फरक समयमा देउवासँग दुवै छिमेकी देशका राजदुतहरुले भेटेका हुन् । देउवा निवासमा बिहीबार काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक थियो । उक्त बैठक सकिएलगत्तै दुवै राजदूतहरूले फरक–फरक समयमा देउवालाई भेटेर कुराकानी गरेका छन् । तर के कुराकानी भयो भन्नेबारे खुलेको छैन ।

नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका राजदूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्