नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य सहित प्रचण्ड– नेपाल समुहका कार्यकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौँ – प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकी बाट पक्राउ गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन् ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्