दुर्घटनामा घाइते नेकपा बैतडीका अध्यक्ष पालका छोरा भेट्न मन्त्री ठगुन्ना ग्राण्डी अस्पतालमा

काठमाडाैँ – बैतडीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा बैतडीका अध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य सुरेन्द्रबहादुर पालका २१ बर्षिय छोरा योगेश पालको उपचार भइरहेको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत पालको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत् पाललाई भेट्न सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिँह ठगुन्ना पनि अस्पताल पुगेका थिए । भेटका क्रममा मन्त्री ठगुन्नाले उनको शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् ।
डिलाशैनी गाउँपालिका–३ पंसेराबाट गन्नातर्फ गइरहेका बेला पालले चलाएको बा ८० प ६५०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । उनको टाउको र छातीमा चोट लागेको छ । अचेत अवस्थामा रहेको पाललाई आइतबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
पाललाई गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि माउन्टेन एयरको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्