कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । उक्त कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ ।

कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमबारे १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो । पुस १६ मा मेलमिलाप दिवस मनाएको कांग्रेसले स्थगित केन्द्रीय समिति बैठक आइतबारदेखि पुनः सुरू गर्न लागेको हो ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । कांग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्