बर्दिया राष्ट्रिय निकुञ्जमा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टेपछि स्थिति अज्ञात

बर्दिया राष्ट्रिय निकुञ्जमा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टेको छ ।
२२ वर्षीय छोरा सन्तोष थापाले मोटेरसाइकल चलाएका बेला कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई निकुञ्जमा बाघले मोटरसाइकलबाटै झम्टेर लगेको छ र उनको अवस्था अज्ञात रहेको छ । उनका छोराले कराउदा पनि बाघले छोडेन र जंगलभित्र लग्यो ।
बाघले मोटरसाइकलबाट आमालाई लगेपछि सन्तोष भागेर निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेको डिएसपी खड्काले बताए। उनलाई सामान्य चोट लागेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति १० बजेतिर पूर्वबाट पश्चिम भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गर्दा उक्त घटना घेटेको हो ।

बाघले मोटरसाइकलबाटै मानिस बेपत्ता पारेपछि खोजीका लागि नेपाली सेनाको टोली खटिएको छ तर अहिलेसम्म फेला पारेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्