एक हजार २७२ थपिए, सक्रिय सङ्क्रमित १५ हजार ४४७

काठमाडौं- नेपालमा कोरोनाभाइरसका एक हजार २७२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा आठ हजार ३१ जनाको परीक्षण गरिएकोमा एक हजार २७२ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।

हाल १५ हजार ४४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ५७५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २१ हजार ८४७ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५६७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६३७ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्