कञ्चनपुरमा बिहे भोज खाएर एकै गाउँका ३४ जना बिरामी

कञ्चनपुरमा बिहेको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन् । बेदकोट नगरपालिका वडा नम्बर २ बसन्थलामा भएको विहेमा भोज खाएर ३४ जना बिरामी परेका हुन् । बिहिवार बसन्थलाका रमेश थापाको बिहेमा भोज खाएर बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई शुक्रवार राती अस्पताल पु¥याइएको थियो ।
‘भोज खाएका सबै बिरामी परेका छन् । ३४ जना अस्पतालमा छन् । अरु केहीले घरमै नजिकैको क्लिनिकबाट औषधि किनेर खाएको नगर प्रमुख अशोककुमार चन्दले बताए ।
बिहे भोज खाएकाहरुमा ज्वरो आउने, पखला र वान्ता हुने समस्या देखिएको छ । बिरामी पर्नेमा महिला र बालबालिका बढि छन् । उनीहरु सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
भोज खाने सबैलाई फूड प्वोइजन भएको चिकित्सकले बताएका छन् । अहिले सबै बिरामी खतरामुक्त छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्