आजको माैसम : आगामी तीन दिनमा यी स्थानमा बर्षाको सम्भावना

बंगालको खाडीमा बनेर तेलांगना माथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्