प्रदेश नं. ५ को नाम र स्थायी राजधानी सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

प्रदेश नं. ५ को नाम र स्थायी राजधानी सम्बन्धी प्रदेश सभामा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय प्रदेश ५ नेकपा संसदीय दलको बैठकले गरेको छ ।

बुटवलस्थित मुख्यमन्त्री निवासमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकले प्रस्तावका पक्षमा मदतान गर्ने सर्वसम्वत निर्णय गरेको नेकपाका मूख्य सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश न ५ नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोख्रेलले प्रस्ताव पारित गराउन आग्रह गर्नुहुँदै पार्टी निर्णय विपरीत नजान निर्देशन दिनुभएको मूख्य सचेतक भुमिश्वर ढकालले बताउनुभयो ।

प्रदेश नम्बर पाँचको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र रहने प्रस्ताव प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा पेश गरेको छ । प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल हुने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्