सुदूरपश्चिमका तीन जिल्लामा रहेका विमानस्थलमा परीक्षण उडान, मन्त्री भट्टराईद्वारा उद्घाटन

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन्। कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन।

विगत २५ वर्षदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थल कालोपत्रपछि परीक्षण उडान भएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडान सुरु गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट मन्त्री भट्टराईले समिट एयरबाट डोटी, बझाङ र बैतडीको पाटन विमानस्थलको परीक्षण उडान गर्नुभएको हो ।
परीक्षण गडान गर्न बैतडीको पाटन विमानस्थलमा ओर्लिनु भएका मन्त्री भट्टराईले २९ वर्षअघि बैतडी आउँदा पाटन विमानस्थलमा गिद्धले ठोकिएको विमान रोकिएको देखेको स्मरण गर्नुभयो । आफू दुईदिन गाडीको यात्रा गरेर विद्यार्थी संगठन विस्तार गर्न बैतडी पुगेको मन्त्री भट्टराईले स्मरण गर्नुहुँदै आज मन्त्रीका रुपमा पाटन विमानस्थलको धावनमार्गमा परीक्षण उडान गर्न आईपुगेको बताउनुभयो ।
परीक्षण उडानपछि कार्यक्रममा बोल्नुहुँदै मन्त्री भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा हप्तामा दुईदिन नियमित उडान हुने बताउनुभयो ।
मन्त्री भट्टराईसँगै डोटीबाट प्रतिनिधित्व गर्नुहुँने संघीय सांसद प्रेम आले, बैतडीका दोमेदर भण्डारी र सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री माया भट्ट पनि परीक्षण उडानमा सहभागी हुनुहुन्थ्यो ।
बैतडीबाट निर्वाचित संघीय सांसद भण्डारीले पाटन विमानस्थलको टर्मिनल हाउस, घेर पर्खाल निर्मार्णका लागि मन्त्री भट्टराई समक्ष माग राख्नु भएको छ ।
२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो ।
२० मिटर चौडाई र ५८० मिटर लम्बाई रहेको विमानस्थल तीनवर्षअघि देखि पुनःनिर्माणको काम सुरु भएको थियो । विमानस्थल कालोपत्र ११ करोड खर्च भएको छ ।

गोकर्ण दयाल, गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्