घटस्थापनाको एक साताअघि बसको अग्रिम टिकट खोल्ने तयारी

काठमाडौँ – यातायात व्यवस्था विभागले घटस्थापनाको एक साताअघि बसको अग्रिम टिकट खोल्ने तयारी गरेको छ । टिकटका लागि विभागले यातायात व्यवसायीसँग छलफल सुरु गरेको छ ।

अग्रिम टिकट खोल्न व्यवसायी सकारात्मक रहेको विभागले जनाएको छ । ‘विगतका दशैंझैँ यो वर्ष उपत्यका छोड्ने धेरै विभागको बुझाई छ ।

यो वर्ष अग्रिम टिकट खुलाउँदा समस्या पर्नसक्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासघंका कोषाध्यक्ष केदार उप्रेतीले बताए । हाल सरकारले तोकेको मापदण्ड अनुसार गाडी चलाउन नसकिने उनले बताए ।

‘हवाई जहाजलाई पुरै सिटमा यात्रु हाल्न दिने तर गाडीलाई किन नदिने । अहिलेको भाडामा यातायात व्यवसायीले इन्धन खर्च र स्टाफको तलव दिन पनि कठिन छ,’ उप्रेतीले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्