काठमाडौँ – नेपालमा ७ वटा जिल्ला कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरी ७ वटा जिल्ला कोरोना मुक्त भएको बताएका हुन् । उनका अनुसार खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुम (पश्चिम) मा कोरोना संक्रमतिको संख्या शून्य छ । त्यस्तै देशभर ४ वटा जिल्लामा ५सय भन्द बढी सक्रिय संक्रमित छन् । प्रदेश नं. २ का पर्सा, रौतहट र महोत्तरी र सुदूरपश्चिम प्रदेशको कैलालीमा ५ सय भन्दा बढी सक्रिय संक्रमितहरु उपचार गराईरहेको मन्त्रालयले जनाएको छ ।