विराटनगरमा पुनः २ साताका लागि ‘लकडाउन’

विराटनगर – विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको हो । लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ ।

नगर प्रमुख पराजुलीका अनुसार महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । समुदायमा संक्रमणको दर बढ्दो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्