दार्चुला- दार्चुलामा पहिरोमा परी श्रीमान श्रीमती बेपत्ता भएका छन् ।
मंगलबार बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा एक दम्पत्ती ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा बेपत्ता बनेका हुन् ।
उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा पुरिएका खबर पाएलगत्तै उद्धारका लागि नजिकको ब्रम्हदेब चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।
प्रहरीका अनुसार घरमै रहेका २१ वर्षीय छोरा सुनील भने सकुशल छन् । पहिरोले घरको पर्खाल मात्रै देखिएको छ ।
तस्बिर अभिलेखबाट प्रयाेग गरिएकाे