कोरोनाका कारण भएको शैक्षिक क्षति र भावी योजनाबारे नौगाडमा छलफल

दार्चुला – नौगाड गाउँपालिकाले कोरोना रोकथामका लागि गरिएको लकडाउनको कारण भएको शैक्षिक क्षति र भावी योजनाबारे छलफल गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण देशभरी लकडाउन भएपछि विद्यालयहरु बन्द भएकाले शैक्षिक क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ । शिक्षा क्षेत्रमा भएको क्षतिबारे भावी योजना तथा छलफलका लागि अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । कोरोनाका कारण विद्यालयहरु बन्द रहेकालले नयाँ शैक्षिकशत्रको तीन महिना बितिसक्दा समेत पठन पाठन गर्न नसकिएकोले प्रभावित शैक्षिक क्षेत्रका बारेमा छलफल गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा कोरोना भाइरस र यसले पारेकाहरु, संक्रमण रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाले खेलेको भूमिका लगायतका बारेमा छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्