रञ्जन कोइरालाको मुद्दामा तीन न्यायाधीशको बेन्च तोकियो

काठमाडौँ – पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईका लागि तीन न्यायाधीशको बेन्च तोकिएको छ ।
यो मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए । यो बेन्चले उक्त मुद्दामा प्रमाणहरूको अध्ययन गरी पुनरावलोकन हुने–नहुने निस्सा दिने छ । पुनारावलोकन हुने भएमा मात्र मुद्दा अगाडि बढ्छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालाको मुद्दाको पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको सजाय कटौती गर्ने फैसला गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्