काठमाडौँ – आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुन प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।
शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।