मुकेश प्रसाद जोशी, कञ्चनपुर
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपि कोईरालाको ३८ औं स्मृति दिवस कञ्चनपुरको शुक्लाफाँटामा पनि विभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोईराला सम्मानमा शुक्लाफाँटाको झलारीमा रहेको विपि चोकमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
नेपाली जनतालाई रैतिवाट नागरिक वनाउन देशमा प्रजातन्त्र स्थापना गर्न विपिको योगदान अविश्मणिय रहेको शुक्लाफाँटाका मेयर दिल वहादुर ऐरले बताए । नेपाली कांग्रेसका संस्थापक नेता जननायक विपि कोईरालाको स्वर्गारोहण भएकोदिन साउन ६ गतेका दिन नेपाली कांग्रेसले विपिको सम्मानमा उनको स्मृति दिवस मनाउदै आएकोछ । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता लगायत स्थानीयको सहभागिता रहेको थियो ।
एकतन्त्रीय राणा शासनका विरूद्व २००७ सालको क्रान्तिमा महत्त्वपूर्ण भुमिका संगै नेपाली जनतालाई न्याय मुक्ति अधिकार सम्पन्न गर्ने संघर्षमा निरन्तर होमिनु भएका समाजवादका प्रवर्तक काईरालाले देखाएको मार्ग मा सवैले जुटेर लाग्नसके वहाँ प्रती सच्चा श्रद्धाञ्जली हुने वक्ताको भनाई रहेको थियो।
फाेटाे : सेतीकालीन्यूज अनलाइन





Welcome to popups plugin