गणेशसिँह धामी, दार्चुला
दार्चुलाको मालिकार्जुनमा पहिरोमा परि घाइते भएकाहरुको उपचारका लागि नेपालगञ्ज लगिएको छ । २ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।
मंगलबार विहान मालिकार्जुनमा पहिरोमा परि लेकम गाउँपालिका घर भई शंकरपुरमा बस्दै आएका २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । अविरल बर्षाका कारण सडक समेत अवरुद्ध भएको र दार्चुलामा उपचार सम्भव नभएपछि गाउँपालिका अध्यले जिल्ला प्रशासनलाई पत्र पठाउदैँ हेलिकप्टको लागि पहल गर्नुभएको थियो ।
त्यसपश्चात नेपाली सेनाको हेलिकप्टर मार्फत घाइते भएका लक्ष्मी परियार र सोनिया परियारलाई उपचारका लागि नेपालगञ्ज लगिएको हो । उहाँलाई गाउँपालिकाको तर्फबाट नगद रु ३० हजार समेत हस्तान्तरण गरिएको थियो ।