काठमाडौं – धादिङमा पहिरो जाँदा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।
उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेको छ ।