शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णय फिर्ता, भुक्तानी गर्ने सहमति

काठमाडाैँ – शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णयबाट विद्यालय सञ्चालक पछि हटेका छन् ।
प्याब्सन र एनप्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका उनीहरुको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत रुपमा काममा फर्काउने सहमति भएको हो । प्याब्सन, एनप्याब्सन र आफ्नो पेसागत मागसहित आन्दोलित भएको इस्टुबीच ‘साउन १ गतेबाट शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने भन्ने शब्दावली फिर्ता लिने’ सहमति भएको तीन वटै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस्तै इस्टुले घोषणा गरेको प्याब्सन, एनप्याब्सन केन्द्रीत आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । यस्तै शिक्षक कर्मचारीले २०७६ चैत मसान्तसम्मको सम्पूर्ण बक्यौता विद्यालयहरुले तत्काल भुक्तानी गर्ने सहमति भएको छ भने लकडाउनको अवधिमा अध्यापन नभएको समयको पारिश्रमिक व्यवहारिक रुपमा भुक्तानी गर्दै जाने समझदारी भएको छ । तर अनलाइन कक्षा बन्द गर्ने यसअघिको निर्णय भने कायमै रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्