काठमाडाैँ – आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २४ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा कैलालीको १९ पुरुष र ५ महिला रहेका छन । जसमा बर्दगोरीयाका २ महिला र ६ पुरुष, जोशीपुरका १ महिला र ६ पुरुष, गौरीगंगाका १ महिला र ४ पुरुष रहेका छन् । त्यसैगरी टीकापुरका १ महिला र ३ पुरष गरी ४ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।