आज विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन हुन अनुरोध

आज (बुधबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसले गर्दा बाढी, पहिरो तथा डुबानको समेत खतरा देखिएकाले होसियारी अपनाउन महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।

महाशाखाका अनुसार आज अहिले देशभर आंशिक बदली छ भने गण्डकी, प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।

यस्तै आज दिउँसो (साँझ ६ बजेसम्म) देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुनेछ भने प्रदेशहरू १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छः ‘देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्