मौद्रिक नीतिले कोहीकसैलाई पनि निराश बनाउँदैन : गभर्नर अधिकारी

काठमाडौ – नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित र पीडित सबै क्षेत्रलाई सकेसम्म राहत तथा सहुलियत दिने गरी नयाँ आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदैछ ।
संघीय संसदको अर्थ समितिको सोमबारको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबाट कोही पनि निरास हुन नपर्ने बताएका छन् । अधिकारीका अनुसार मौद्रिक नीति तयारी अन्तिम चरणमा छ । अर्थ समितिले राष्ट्रबैंकका गभर्नरसहितका अधिकारीलाई बोलाएर नीतिका विशेषता र प्राथमकितामा बारेमा छलफल गरेको हो ।
कोरोना महामारीले समस्यामा पारेको अर्थतन्त्रलाई उकास्ने ध्येयका साथ नीतिको तर्जुमा भइरहेको अधिकारीले बताए । कोरोनाको मारमा परेको उद्योग व्यवसायलाई राहत दिने प्रयास भइरहेको उनको भनाइ थियो । कोरोना संकटलाई सम्बोधन गर्ने गरी नीति बनाइएको जानकारी दिदै भने, ’नीतिले कोहीकसैलाई पनि निराश बनाउँदैन । हामी सबैलाई समेट्ने प्रयासमा लागेका छौँ ।’

अधिकारीले कोभिड– १९ का कारण वित्तीय क्षेत्रमा परेको प्रभावलाई न्यून गर्नेगरी सबैलाई खुशी बनाउने खालको नीतिको तयारीमा आफुहरु रहेको र जनताको सर्वोच्च निकायको रुपमा रहेको संसद्‌बाट पाउने सुझाव आफूहरुका लागि महत्वपूर्ण रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्