नेपाली सेनाको हेलिकप्टर मार्फत २१ वर्षीया गर्भवतीको उद्धार

UPAHAR

काठमाडौँ – नेपाली सेनाको हेलिकप्टर मार्फत अछाममा २१ वर्षीया गर्भवतीको उद्धार गरिएको छ । पंचदेवल विनायक नगरपालिका–७ की रमना विकलाई जिल्ला अस्पताल मंगलसेनबाट हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला अस्पतालका डाक्टर प्रेमप्रसाद ढुंगानाले बताए ।

विनायक स्वास्थ्य चौकीमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति जिल्ला अस्पताल पु¥याइएको थियो । उच्च रक्तचाप लगायत समस्या देखिएपछि उनलाई सुर्खेत पठाइएको ढुंगानाले बताए । जिल्ला अस्पताल अछाममा शल्यक्रिया सेवा उपलब्ध छैन ।

सरकारको दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रम अन्तर्गत अहिलेसम्म अछाममा ५ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए ।

 

फाेटाे : कान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्