प्रतिवन्धित लागुऔषध सहित सिरहामा दुई जना पक्राउ

मुकेश यादव, सिरहा
 सिरहा प्रहरीले छुट्टाछुट्ट्रै स्थानबाट प्रतिवन्धित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बरियारपट्टी प्रहरी चौकीबाट सादा पोशाकमा खटिएको टोलिले शंकालागि चेकजाँच गर्दा बरियारपट्टी गापा २ श्रीपुरका २० वर्षिय चन्दन कुमार यादवलाई प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट अल्प्राजोल्याम ट्याबलेट एक हजार ८ सय पीस र पेनटाजोसाईन दुई सय ८५ एम्पुल सहित यादवलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी, पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान १ बाट पूर्व पश्चिम जाँदैगरेको अन टेष्ट मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रतिवन्धित लागुऔषध सहित नवराजपुर गापा ४ का २० वर्षिय रामपुकार शर्मालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनको साथबाट डाइजीपाम ४६ एम्पुल, फेनारगन ४७ एम्पुल र ४६ एम्पुल सहित यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरीकार्यालय लहानमा राखेको जिल्ला प्रहरी कर्यालय सिरहाका सुचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्