डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, हजारौँ सवारी सधान र यात्रु अलपत्र

दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैंँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि १० घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन राति एक बजे बाढीले बगाइदिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार राति एक बजेदेखि बाटो अवरुद्ध छ ।
बिहानैदेखि निर्माणको कार्य भइहरेको भए पनि साँझ सम्ममा डाइभर्सन निर्माण सकिने प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक कति बजेसम्म खुल्न सक्छ भन्न नसकिने प्रहरीको भनाइ छ । यसअघि पनि बाटो साँघुरो भएको भन्दै त्यहाँ नयाँ कल्भर्ट हालिएको थियो । पटकपटक बाटो जाम हुदाँ यात्रुले पटकपटक सास्ती खेप्दैआएका थिए ।

नारायणगढ(बुटवल सडक खण्ड विस्तार आयोजनाको कार्य जारी रहँदा अस्थायी रुपमा बनाइएको डाइभर्सन त्यहीँ रहेको र डाइभर्सन नै बगाएपछि अहिले बाटो बनाउने काम भइरहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गको ठेक्का पाएको चिनियाँ कम्पनीले अवरुद्ध बाटो बनाउने काम गरिरहेको जनाइएको छ । अवरुद्ध राजमार्गका कारण सडकमा हजारौँ सवारी सधान र यात्रु अलपत्र परेका प्रहरीले जनाएको छ ।

 

फाइल तस्बिर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्