भारतमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, मृतकको संख्या २० हजार नजिक

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ ।
वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ५ हजार भन्दा बढी छ । यससँगै भारत कोरोनाबाट विश्वका अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा छ । भारत भन्दा अगाडी अमेरिका र ब्राजिल छन् । भारतमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै छ । यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या १९ हजार ७ सय ९३ पुगेको छ । भने ४ लाख ३० हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्